Connect with us
Kapilvast Forest

लौगिंक हिंसा, जातिय बिभेद, बाल बिवाह र मानव अधिकार संबन्धी जन चेतनामुल कार्यक्रम

२०८२, ८ बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तुको सुद्धोधन गाउपालिका वडा नम्बर १ बगदी स्थि पुर्ण केशर माबिको हलमा लौगिंक हिंसा, जातिय बिभेद, बाल बिवाह र मानव अधिकार संबन्धी जन चेतनामुल कार्यक्रम संपन्न गरिएको । ईस्लामिक नेपालको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्था लिडो नेपालको आयोजनामा न्युन आए भएका र संकटासन्न समुदायहरुको उत्थानशीलता अभिबृद्धि परियोजना अन्र्गत सो कार्यक्रम गरिएको हो । परियोजना अन्र्गत गठन भएका कृषि समुहका सदस्यहरुलाई सो बिषयमा जानकारी गराइएको हो ।

परियोजना संयोजक शरचन्द केसी, राज कुमार चमार, माहोम्द सरिफ मुसलमानले लंैगीक हिंसा, जातिष् बिभेद, बाल बिवाह र मानव अधिकारका बिषयमा जानकारी गराएका थिए । सो अवसरमा बिद्यालयका सहायक प्राध्यनाध्यापक बावुराम पौडेलले समाजमा अहिले पनि लैगीक हिंसा कायम रहेकोले सबै मिलेर यसको अन्त्य गर्नु पर्ने बताए । उनले कानुनले तोकेको २० बर्ष उमेर पछि मात्र छोरा छोरीको विकास गराउन अभिभावहरु समेत जानकार रहनु पर्ने बताए ।

कार्यक्रम संयोजक केसीले सुद्धोदन र मायादेबीमा परियोजना संचालन रहेको र बिपन्न परिवालाई आयआर्जनकालागि परियोजनाले सहयोग गरेको बताए । उनले ती बिपन्न परिवारलाई लेगीक हिंसा, बाल बिवाह जातिय बिभेद लगायतका बिषयमा जानकारी गराउन यो सचेतनामुलक कार्यक्रम गरिएको बताए । सो अवसरमा वडाध्यक्ष मोहोम्मद ताहिरले लिडाले सो परियोजना अन्र्गत बिपन्न परिवारलाई आयआर्जन र चापा कल , सिचाईको बोरिङ जडान गरेर राम्रो काम गरेको बताए । उनले त्यस्ता समुहमा आबद्ध सदस्यहरुलाई गरिएको यो सचेतनामुलक कार्यक्रमले राम्रो सन्देश जाने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu