Connect with us
Kapilvast Forest

रुपन्देहीको दानव नदीमा बेपत्ता २ बालकको शव फेला

२०८२, ९ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं-

रुपन्देहीको दानव नदीमा बेपत्ता भएका अन्य दुई जनाको शव पनि फेला परेको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका २ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षे मुनु हरीजनको शव फेला परेको हो । उनीहरु सोही ठाउँका हुन् ।सोमबार बेपत्ता भएका उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो ।

बालकको खोजीका लागि सोमबार राति नै सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।सोमबार पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका थिए । बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव सोमबार नै फेला परेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu