Connect with us
Kapilvast Forest

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तिन जनाको मृत्यु

२०८२, १० बैशाख बुधबारमा प्रकाशित

काठमाडौं –

भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ ।

धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।त्यसको जानकारी पाउनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । घटनास्थल बुडरबाट ११ किलोमिटर उत्तर पर्दछ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu