Connect with us
Kapilvast Forest

राष्ट्रपति र प्रधानमन्त्रीले गरे जम्मू काश्मीरमा आतंकवादी आक्रमणको निन्दा

२०८२, १० बैशाख बुधबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रपति रामचन्द्र पौडलले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुख व्यक्त गरेका छन्। ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ’, बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्। पौडेलले प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मू-काश्मीरमा भएको आतंकवादी आक्रमणप्रति दुःख व्यक्त गरेका छन्। बिहान सामाजिक सञ्जालमा लेखेर उनले आतंकवादी हमलाको कडा निन्दा गर्दै आक्रमणमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। आक्रमणमा एक नेपाली नागरिक पनि परेको भन्ने विवरणलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरी शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो। आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्’, विज्ञप्तिमा उल्लेख छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu