Connect with us
Kapilvast Forest

नवौं प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन पुर्वराजदुत उपाध्यायले गर्ने

२०८२, १० बैशाख बुधबारमा प्रकाशित

तौलिहवा– कपिलवस्तुको सदरमुकाम तौलिहवामा आजदेखि नवौं प्राचीन कपिलबस्तु महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन आज साझा आठ बजे भारतका लागि पूर्व राजदुत दिप कुमार उपाध्यायले गर्नु हुने महोत्वस मुल आयोजक समितिका संयोजक एवम् तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताउनु भएको छ ।


कपिलवस्तु जिल्लाको सम्रग विकासको आधार धार्मीक स्थलहरुको प्रर्वद्धन, पर्यटन, कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका नवौंं प्राचिन कपिलबस्तु महोत्सव हुन लागेको हो । महोत्सव बैशाख २१ गते सम्मा बुद्ध पद्यमको खेल मैदानमा सञ्चालन हुने छ ।

महोत्वस मुल आयोजक समितिका संयोजक एवम् तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष कुर्मीले जिल्लामा रहेको ऐतिहासिक एवम् पुरातात्विक स्थलहरुको प्रचार प्रसार, नयाँ प्राविधिहरुको विकासमा जोड दिने लागयतका उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो ।

उहाँले महोत्सवलाई सफल बनाउन विभिन्न उप समितिहरु बनाएर मेला आयोजना गरिएको बताउनुभयो । मेलालाई सफल बनाउन सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu