Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ मा प्रथम वडास्तीय क्रिकेट प्रतियोगीता शुरु

२०८२, १० बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ को डंगरीमा प्रथम वडास्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ । वडा कार्यालयद्धारा आयोजित प्रतियोगीताको रिबन काटेर सांसद तथा पुर्व मन्त्री सुरेन्द्रराज आचार्यले शुभारम्भ गरेका हुन । सो लगत्तै सांसद आचार्यले ब्याटीङ र वडाध्यक्ष दिरेश कुरमा चौधरीले बलिङ समेत गरेका थिए ।

सो अवसरमा सांसद आचार्यले खेल मैदानको अभवाका बिच खेत मै क्रिकेट खेलाएर भए पनि वडाले प्रतियोगीता गराएर राम्रो कामको सुरुवात गरेको बताए । उनले पढाईमा कमजोर भए पनि खेलको माध्यमबाट आफुलाई राष्ट्र र अन्तर्राष्ट्रियरमा पहिचान गराउन सकिने बताए ।

उनले खेलाडीहरुले मेहनत लगनीशल र अनुशासित भई आफनो प्रतिभा देखाउन आग्रह गरे । उनले खेलको विकासमा आफनो पुर्ण साथ रहने प्रतिबद्धता समेत ब्यक्त गरे । सो अवसरमा वडाध्यक्ष चौधरीले युवाहरुको आग्रह अनुसार आफुले यस बर्ष देखि वडामा प्रतियोगीता शुभाम्भ गरेको बताए । उनले यो खेलमा छनौट भएका खेलाडीहरुले नगरस्तीय क्रिकेट प्रतियोगीतामा सहभागी हुने बताए । प्रतियोगीतामा ७ टोली सहभागी छन ।

३ दिन सम्म चल्ने प्रतियोगीतामा प्रथम हुनेलाई १५ र द्धितीय हुनेलाई १० हजार नगर प्रदान गरिने वडाध्यक्ष चौधरीले बताए । उदघाटन समारोहमा वडा सदस्यहरु जित अली र्जी, राम नारायण कुर्मी, सुनिता देबी चौधरी लगायतको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu