Connect with us
Kapilvast Forest

शिक्षाको मर्यादा जोगाउन र शिक्षकमाथि राजनीति नगर्न नेपाली काग्रेस शिवराज नगर समिती कपिलवस्तुको आग्रह

२०८२, ११ बैशाख बिहीबारमा प्रकाशित

न्युजसेन्टर नेपाल कपिलवस्तु –

कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षक ,शिक्षिकालाई दरबन्दी मिलानको नाममा तथा विभिन्न बहानामा मनोमानी रूपमा सरुवा गर्न लागेको प्रति नेपाली काग्रेंस शिवराज नगर समिती कपिलवस्तुले ध्यानाकर्षण भएको छ ।शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने साझा धारणा विपरीत, शिक्षकहरूको इच्छा र सहमति विना सरुवा गर्ने कार्यले शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव पार्ने देखिएकोले, गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस शिवराज नगर समितीका सभापति मदुसुदन पोख्रेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस शिवराज नगर समितिका सभापति मदुसुदन पोख्रेलले हाल भइरहेको दरबन्दी मिलानको प्रक्रियामा शिक्षकहरूको इच्छा, सहमति र योग्यता नहेरी व्यक्तिवादी र स्वार्थप्रेरित निर्णयहरू लिइएको आरोप लगाउनुभयो। उहाँले शिक्षकहरूलाई जबर्जस्ती दरबन्दी मिलान, दरबन्दी थप र काज सरुवाको नाममा स्थानान्तरण गर्ने कार्य शिक्षा क्षेत्रमा गम्भीर संकट निम्त्याउने चेतावनी दिनुभयो।”शिक्षकहरूलाई सरुवा गर्दा प्रष्ट मापदण्ड, प्रक्रिया र तिनको मनोबललाई ख्याल गर्नुपर्छ। यो संवेदनशील क्षेत्र हो, यहाँ जबर्जस्ती लादिने निर्णयहरूले विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष असर पुर्याउँछ,” पोख्रेलले भन्नुभयो।


शिक्षा क्षेत्रको मर्यादा जोगाउन र शिक्षकमाथि अन्याय हुन नदिन सम्बन्धित सबै राजनीति दल, बुद्धिजीवी शिक्षाप्रेमी अभिभावक, विद्यार्थी लगायत सम्पूर्णमा जिम्मेवार बन्न र सरुवा सम्बन्धि गलत निर्णय रोक्न नेपाली कांग्रेस शिवराज नगर समिती कपिलवस्तुले आग्रह सहित शिवराज नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृतलाई बाबुराम पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu