Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगञ्जमा हाउस वायरिङ तालिम सम्पन्न

२०८२, १४ बैशाख आईतवारमा प्रकाशित

निजामुदीन मुसलमान, कपिलवस्तु-
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको सहयोग र माइक्रोटे ट्रेनिङ एकेडेमीको सहकार्यमा हाउस वायरिङ तालिम सम्पन्न भएको छ । बेरोजगार युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमको समापन समारोहमा नगरप्रमुख अब्दुल कलामले युवाहरूलाई सिकेको सीपलाई गाउँ समाजमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख कलामले नगरपालिकाले युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले सिकेको सीपलाई प्रयोगमा ल्याएर आत्मनिर्भर बन्ने अवसरको सदुपयोग गर्न समेत युवाहरूलाई प्रेरित गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले यस्ता तालिमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा सहभागी भएका युवाहरूले हाउस वायरिङसम्बन्धी महत्वपूर्ण सीप सिकेको अनुभव सुनाउँदै खुसी व्यक्त गरेका थिए । माइक्रोटिक ट्रेनिङ एकेडेमीका सञ्चालक अनिल अधिकारीले पनि तालिमले युवाहरूलाई दक्ष बनाउँदै आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त? गर्नुभयो ।
महाराजगन्ज नगरपालिकाले आगामी दिनहरूमा पनि युवालाई लक्षित गर्दै यस्तै सिपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj