Connect with us
Kapilvast Forest

सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभरको प्रयासमा पनि फेला पर्न सकेन

२०८२, २० बैशाख शनिबारमा प्रकाशित

हेटौंडा –

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभरको प्रयासमा पनि फेला पर्न सकेन ।गाडी भासिएको खाल्डोमा पानी सुकाएर खोजी गरिएको थियो । बाँस डुबाएर गाडीको पत्ता लगाउन खोजिए पनि फेला पार्न नसकिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।पानी सुकाउने क्रममा वरपरको माटो खसेर खाल्डा पुरिँदै जाँदा खोजीकार्य थप जटिल बनेको डीएसपी अर्यालले बताए ।‘खाल्डा वरपर जान सकिने अवस्था पनि छैन । माटो खसेर खाल्डा पुरिँदै गयो । बाँस डुबाएर हेर्दा पनि गाडीको भाग भेटाउन सकिएन,’ अर्यालले शनिबार साँझ अनलाइनखबरसँग भने । प्रहरी, स्थानीयहरूको सहयोगमा भोली आइतबार पनि खोजीकार्य जारी राखिने उनले बताए ।

गैरीगाउँको भित्री कच्ची सडकखण्डमा शुक्रबार दिउस घाँस काट्ने मेसिन बोकेर गन्तव्यतर्फ जाँदै गरेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडक भासिएर पानीको दहमा डुबेको थियो । गाडी हराएको नजिकै राईले माछापालन गर्दै आएका छन् ।माछापालन गर्दै आएका राईको आफ्नै गाडी रहेको डीएसपी अर्यालले बताए । राईले माछापालन गरिरहेको पोखरीमा पनि पानी सुकाएर गाडी खोज्ने बताएको अर्यालले जनाए ।गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको थियो । गाडीका चालक र सहचालकले भागेर ज्यान जोगाएका थिए ।गाडी भासिएको करिब ५ सेकेण्डमा हराएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङमा रहेको छ ।बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि भासिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu