Connect with us
Kapilvast Forest

शिक्षकलाई एसईईको कापी जाँच्ने चटारो, बिहान ४ बजेदेखि राति ११ बजेसम्म खटिन्छन्

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-

करिब एक महिनाचलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ। शिक्षक आन्दोलनका क्रममा छुटेको कामलाई पूर्ति गर्ने गरी बोर्डले काम गरिरहेको जनाएको छ।  शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, बोर्डका अनुसार मुलुकभरका ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । यो पटक पाँच लाख १४ हजार थान उत्तरपुस्तिका परीक्षण गर्नु पर्छ। समयको दबाबका कारण उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षक सङ्ख्या पनि बढाइएको छ।

विगतमा दैनिक अधिकतम १० हजार शिक्षक उत्तरपुस्तिका परीक्षणमा सक्रिय हुने गरेकामा अहिले दैनिक न्यूनतम १५ हजार शिक्षक परिचालन गरिएको छ । परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण गर्न यस पटक विगतका भन्दा धेरै शिक्षकलाई अभिमुखीकरण पनि गराइएको थियो ।

एक शिक्षकले दैनिक १०० को हाराहारीमा उत्तरपुस्तिका परीक्षण गर्ने गरेका छन्। बोर्डको आग्रह अनुसार केही जिल्लामा त रातको समयमा पनि उत्तरपुस्तिका परीक्षण हुने गरेको छ । भक्तपुरको केन्द्रमा बिहान ४ बजेदेखि स्कुल नखुल्दासम्म र साँझ विद्यालय बन्द भएपछि राति ११ बजेसम्म पनि उत्तरपुस्तिका परीक्षण गर्ने गरिएको छ ।

‘शिक्षकहरू दिउँसोको समयमा पढाउन जानुपर्ने भएकाले बिहानबेलुकाको समय पारेर उत्तरपुस्तिका परीक्षण गर्ने गरिएको हो’, भट्टराईले भने, ‘भर्खरै आन्दोलनबाट फर्किएका कारण शिक्षकलाई विद्यालयबाट छुटाउन पनि मिल्दैन । आन्दोलन नभइदिएको भए यतिखेर उत्तरपुस्तिका परीक्षण कार्य सकिसक्थ्यो।’

‘अवस्था सामान्य भएको भए उत्तरपुस्तिका परीक्षणका बेला शैक्षिक सत्र सकिएर बिदा भएको समय हुन्थ्यो’, भट्टराई भने, ‘अहिले विद्यालय खुलेको समय भएकाले शिक्षकले पनि अतिरिक्त समयमा काम गर्नुपर्ने भएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu