Connect with us
Kapilvast Forest

नेता होइन, जनताले सोच बदल्नुपर्ने सभामुख घिमिरेको भनाई

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौँ 

सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोच परिवर्तन हुन जरुरी रहेको बताएका छन्।शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौती र समाधान विषयक एकदिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभामुख घिमिरेले यथार्थ के हो भन्नेबारे नेपाली जनताले हेर्ने काम कम भइरहेको बताए।

उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याई अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए। जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको बताए।

जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताए। नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताए। सभामुख घिमिरेले भने, ‘काठमाडौँको चैत्र १५ गतेको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ। व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने व्यापक छ। आम जनतामै छ तर यथार्थ त्यस्तो होइन। त्यसको मतलब हो जनताको सोच परिवर्तन गर्नुपर्ने भएको छ।’

सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताए। देशमा बढिरहेको प्रणालीविरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्न आवश्यक रहेको बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu