जाजरकोट कारागारभित्रै झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिए
काठमाडौं-
जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक ९डीएसपी० वसन्त शर्माले अनलाइनखबरलाई जानकारी दिए ।
‘आज आइतबार बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,’ शर्माले भने, ‘घटनाबारे थप अनुसन्धानको काम भइरहेको छ ।’शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।