Connect with us
Kapilvast Forest

बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध बिपी राजमार्ग अझै खुलन सकेन

२०८२, ३० बैशाख मंगलवारमा प्रकाशित

काभ्रेपलाञ्चोक-

अविरल वर्षाका कारण बिपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छैन ।सोमबार रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध छ ।

बाढीले रोशी ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बगाएको स्थानमा एकतर्फी राजमार्ग खुलाइएको छ । प्रहरीले राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu