Connect with us
Kapilvast Forest

माओवादी केन्द्रले जेठभरी लोकमार्ग केन्द्रित अभियान

२०८२, ३० बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं-

 नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा जेठ १० गते जनसभा गर्ने भएको छ।  जेठ २ गते बैतडीको पाटनमा शुरु हुने अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वी रूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने पार्टीले जनाएको छ।जेठ ८ र ९ गते गरी बागलङका तीन स्थानमा जनसंवाद कार्यक्रम तय गरिएको माओवादी केन्द्र बागलुङले जनाएको छ। पहिलो दिन बुर्तिबाङ र गलकोटमा जनसंवाद कार्यक्रम हुने माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए।

अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेता भेटघाट र अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ। शहीद, बेपत्ता र घाइतेजनका परिवारलाई पनि भेट्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताए। माओवादी केन्द्रले लोकमार्गका प्रत्येक प्रदेशमा एक-एक जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक–एक अन्तरसंवाद गर्नेगरी अभियानको तयारी गरेको हो । अभियान जेठ महिनाभर चल्ने पार्टीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu