भारतको जम्मु कश्मीरमा भारतीय सेनाको इन्काउन्टरमा तीन आतंककारी मारिए
मंगलबार केल्लरस्थित जंगलमा आतंककारीहरू लुकीछिपी बसेको सूचना सुरक्षा निकायले पाएको थियो। त्यही आधारमा भारतीय सेनाले उनीहरूको तीव्र खोजी गरेको थियो।
खोजी गर्नेक्रममा आतंककारीहरूले भारतीय सेनामाथि अन्धाधुन्द फायर गरेको भारतीय सेनाले एक्समा जानकारी दिएको छ। भारतीय सेनाको जवाफी कारबाहीमा उनीहरू सबै मारिएको दाबी गरिएको छ। चरमपन्थीविरुद्ध सुरक्षा बलले अभियान जारी राखेको बताइएको छ।