झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो :सांसद राई
काठमाडौँ –
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप्प बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केतसँग तुलना गरेकी हुन् ।उनले माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन् ।