Connect with us
Kapilvast Forest

वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति

२०८२, ५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौँ –

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निजी विद्यालयहरूमा गरेको अनुगमनप्रति आपत्ति जनाएका छन् । विभागले विभिन्न निजी विद्यालयहरूमा अनुगमन गर्दै आएको छ । निजी विद्यालयहरूले उक्त अनुगमनलाई अनुगमनको नाममा डर देखाउन खोजेको भनेका छन् । जीजि तथा आवासीय विद्यालय सङ्गठन नेपाल प्याब्सन र राष्ट्रिय प्याब्सन एनप्याब्सन ले अनुगमनप्रति आपत्ति जनाएका हुन् ।उनीहरूले गुणस्तरीय शिक्षामा निरन्तर लागि परिरहेका निजी विद्यालयहरूमा राज्य संयन्त्रबाट अनुगमनको नाममा डर देखाउने, मानसिक दबाब सिर्जना गर्ने र विद्यालयहरूको शैक्षिक स्वतन्त्रतालाई ह्रास गर्ने कार्य गरिरहेको बताएका छन् ।

शैक्षिक शुल्क निर्धारण, शैक्षिक गुणस्तर, व्यापार कारोबार जस्ता बहानामा विभागले अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएका छन् ।प्याब्सन अध्यक्ष कृष्ण अधिकारी, सहअध्यक्ष गोपाल आचार्य र एनप्याब्सनका अध्यक्ष सुभाषचन्द्र न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका हुन्। शिक्षामा निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै मन्त्री भण्डारीले शिक्षालाई व्यवसायको दृष्टिले नभई सेवाको दृष्टिकोणबाट बुझिने गरी अनुगमन रोक्न विभागलाई तत्काल निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे ।

‘निजी विद्यालयहरूले गरेको योगदान उल्लेखनीय छ। त्यसैले विभागबाट अनावश्यक डर देखाउने खालको अनुगमन तुरुन्त रोक्न निर्देशन दिन्छु,’ मन्त्री भण्डारीले भने ।प्याब्सनको नेतृत्वलाई जानकारी नदिई कुनै पनि अनुगमन कार्य भएमा सम्बन्धित विद्यालयले पनि जानकारी नदिन अध्यक्ष अधिकारीले निजी विद्यालयहरूमा अनुरोध गरे । राज्यका कुनै पनि निकायबाट डर, त्रास र हतोत्साहित गर्ने गतिविधि नगर्न र मन्त्रालयले यस्ता गतिविधिप्रति सकारात्मक दृष्टिकोण लिएकोमा धन्यवाद व्यक्त गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu