Connect with us
Kapilvast Forest

दाउन्नेको खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८२, ११ जेष्ठ शनिबारमा प्रकाशित

बुटवल-

शुक्रबार राति परेको वर्षाका कराण सडक भत्किएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि सडक अवरुद्ध बनेको हो ।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए ।शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

शनिबार बिहान पनि सामान्य वर्षा भइरहेकोले सडक मर्मतमा कठिनाइ भइरहेको र भत्किएको सडक पानी रोकिएपछि निर्माण कम्पनी, सडक विभागसँग समन्वय गरी शीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको बानियाँले जानकारी दिए ।

दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ ।

शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सवारीहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu