Connect with us
Kapilvast Forest

रेडियो मेरो साथीले वार्षिक उत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

२०८२, १४ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तु शिवराज ४ बन्क्ट्टिमा सञ्चालित यश क्षेत्रको लोकप्रिय रेडियो स्टेशन मेरो साथि एफ एम ९२.२ मेगाहर्जले जेठ १५ गते आफ्नो ७ औँ वार्षिक उत्सव भव्य रूपमा मनाउन लागेको छ । रेडियोले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागेको कार्यक्रममा सास्कृतिक साँझ समेत समावेश गरिने एफ एमका सञ्चालक चिन्ता परीयारले जानकारी दिनुभयो।

स्थानीय समुदायको दबिएको आवाजलाई बुलन्द बनाउँदै जनतालाई सुसूचित गर्ने अभियानमा समर्पित मेरो साथि एफ एमले विगत सात वर्षदेखि सामाजिक उत्तरदायित्वसहित निरन्तर प्रसारण गर्दै आएको छ। वार्षिक उत्सवलाई अझ विशेष बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति राखिएको परीयारले बताउनुभयो।कार्यक्रममा चर्चित गायिका सृजना खत्रि (हाउडे माया), गायक शिव खनाल, गायिका सम्झना रणपाल, गायक दिपक भण्डारी, डान्सर बबिता धिताल, भोजपुरी गायक रमासंकर राय, रोहित भोजपुरिया तथा मोडल सागर परीयार लगायत कलाकारहरूको प्रस्तुति रहनेछ।

साँझ ५ बजेबाट सुरु हुने उक्त कार्यक्रममा आम नागरिक, शुभेच्छुक, श्रोता , बिज्ञापनदाता तथा सांगीतिक प्रेमीहरूलाई सहभागी भई हौसला प्रदान गर्न सञ्चालक परीयारले आग्रह गर्नुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu