Connect with us
Kapilvast Forest

शहिद इच्छुकको स्मृतिमा शैक्षिक सामग्री वितरण

२०८२, १४ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु- प्रेस सेन्टर नेपाल कपिलवस्तुले शहिद कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ । मङ्गलवार शिवराज नगरपालिका–४, खरेन्द्रपुरमा रहेको बालहान्स साङ्ग्वेद गुरुकुल आश्रममा अध्ययनरत विद्यार्थीहरूलाई कापी कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले शहिद कृष्ण सेन इच्छुकको योगदानमाथि चर्चा गर्दै उहाँले लेखनी र विचारका माध्यमबाट सामाजिक रुपान्तरणको सपना देखेको स्मरण गर्नुभयो। “शब्द र सत्यका पक्षपाती सेनलाई विचारको अपराधमा हत्या गरिएको थियो,” अध्यक्ष भुसालले भन्नुभयो, “अब उहाँका अधुरा सपना हामीले पूरा गर्नुपर्नेछ।”
कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपाल कपिलवस्तुका उपाध्यक्ष माधव बेल्वासेले शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूमा सिकाइको वातावरण सुदृढ हुने र शहीदको सम्झनालाई कर्ममा रूपान्तरण गर्ने प्रयास भएको बताउनुभयो। उहाँले भविष्यको कर्णधार बालबालिकाहरूको शिक्षामा सहयोग पुर्‍याउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मनिष गुप्ता, सचिव पिताम्बर घिमिरे, कोषाध्यक्ष सहबाज खान, पुनहरी घिमिरे, जितेन्द्र पुरी लगायतले शहीदको सम्झनामा आ-आफ्ना धारणा राख्दै यस्तो सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
बालहान्स साङ्ग्वेद गुरुकुल आश्रमका शिक्षक, विद्यार्थी र अभिभावकहरूले कार्यक्रममा सहभागिता जनाएका थिए। उनीहरूले शैक्षिक सामग्री पाएपछि खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले ग्रामीण भेगका विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने बताएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu