गणतन्त्र दिवसको अवसरमा महाराजगंजमा सरसफाई
न्युजसेन्टर नेपाल –
१८ औं गणतन्त्र दिवसको विशेष अवसरमा कपिलवस्तुको महाराजगंज नगरपालिकामा नगर स्तरीय सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । महाराजगंज नगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल वेश क्याम्प महाराजगंज तथा इलाका प्रहरी कार्यालय महाराजगंजको संयुक्त आयोजनामा सरसफाइ गरिएको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख अब्दुल कलामले गणतन्त्र दिवसको सन्देशलाई व्यवहारमा उतार्न सरसफाई, सुशासन र नागरिक सहभागिता अनिवार्य भएको बताउनु भयो ।
उपप्रमुख रीता कुमारी कुर्मीले सबै वर्ग, तह र समुदायको सहकार्यले मात्रै परिवर्तन सम्भव हुने धारणा राख्दै भन्नुभयो ।
महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले नगरपालिका प्रशासन वातावरणमैत्री र जनउत्तरदायी सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा नगर क्षेत्रका विभिन्न, समाजसेवी स्वयंसेवक तथा सुरक्षाकर्मी तथा महाराजगंज नगरपालिकाको कर्मचारीहरुकोको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सरसफाई अभियान अन्तर्गत सार्वजनिक स्थल, सडक किनार, सरकारी कार्यालय परिसर लगायतका स्थानमा फोहर संकलन तथा व्यवस्थापन गरिएको थियो ।