Connect with us
Kapilvast Forest

नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिदा घण्टौंको ट्राफिक जामले यात्रु थकित

२०८२, १६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं

काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ ।दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बस नालीमा खस्दा दुई जना यात्रुलाई सिसाले काटेर सामान्य घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।बसलाई हटाउन क्रेन पठाइएको छ । त्यसैले बाटो खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्नसक्ने अनुमान छ ।

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेका थिएनन् । आज बिहानपख नागमन्दिर नजिक बस दुर्घटना भएपछि झन् बढी सवारी जाम हुँदा यात्रुहरु हैरान भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu