Connect with us
Kapilvast Forest

एमालेभन्दा राप्रपाको जुलुस ठूलो देखिनु युवामा आएको नैराश्यताको परिणा रहेको कोइरालाको टिप्पणी

२०८२, १७ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं –

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा। शेखर कोइरालाले एमालेको भन्दा राप्रपाको जुलुस ठूलो देखिनु युवाहरूमा आएको नैराश्यताको परिणाम भएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिलेको नेताहरूको आचरण लोकतान्त्तिक गणतन्त्रको नभएको पनि बताए ।‘राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस र एमालेको जुलुस के थियो भन्ने कुरा छुनुभयो । किन कमजोर भयो रु किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन ।

युवाहरुमा नैराश्यता रहेको छ,’ कोइरालाले भने, ‘उनीहरूले बाटो खोजिरहेका छन् । उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही ४ जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने रु हामीले असल काम गरेर युवाहरुको मन जित्न सक्नुपर्छ ।’उनले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने बताए । कांग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको उनले दोहोर्‍याए । सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्ने उनको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu