एक वर्षपछि शेखर–गगनबीच भेटवार्ता
काठमाडौँ –
झन्डै एक वर्षपछि नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ। उनीहरूबीच डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा शुक्रबार भेटवार्ता भएको हो। यसअघि दुई नेताबीच ३० असार २०८१ मा मन्त्री पठाउने विषयमा छलफल भएको थियो। त्यसपछि बल्ल आज भेट भएको नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
नेता कोइरालाले कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका छन्। विगतमा महामन्त्री थापा पनि इतर समूहमै रहे पनि पछिल्लो समय कोइरालासँग दूरी बढेको चर्चा हुँदै आएको थियो। तर यसैबीच दुई नेताहरूबीच शुक्रबार भेटवार्ता भएको हो।