Connect with us
Kapilvast Forest

लेउती खोलाले बगायो सडक, कोशी लोकमार्ग अवरुद्ध

२०८२, १८ जेष्ठ शनिबारमा प्रकाशित

विराटनगर –

अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको केही सडक खण्डमा क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको छ ।आज बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार लेउती खोलामा आएको बाढीले करिब १०० मिटर कालोपत्रे सडक बगाएको छ । सडक बगेपछि दुवै तर्फका सवारी रोकिएका छन् ।

प्रहरीका अनुसार कोशी लोकमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना छेउ खण्डमा रुख लडेर सडक अवरुद्ध भएको थियो ।रुख हटाएर सडक भने खुलाएको छ । वर्षाकै कारण तमोर करिडोको सडकपनि अवरुद्ध भएको छ । छरुवा खोलमामा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका– ४ खण्ड अवरुद्ध भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu