Connect with us
Kapilvast Forest

अविरल वर्षाले कोशी लोकमार्ग र तमोर करिडोर अवरुद्ध

२०८२, १८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं –

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध भएका छन्।शुक्रबार रातिदेखि परेको पानीसँगै आएको बाढीले कोशी लोकमार्ग अवरुद्ध भएको छ। धरान(धनकुटा सडकखण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी(६ लेउती खोलामा आएको बाढीले सडक कटान गरेको छ। सडक १०० मिटरजति कटान भएकाले दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले बाटो खुलाउन समन्वय गरिरहेको छ ।

यस्तै कोशी लोकमार्गअन्तर्गत गाँगुरीगढी( ६स्थित नमस्ने झरना नजिक सडकमा रुख ढलेका छन्। प्रहरी र सेनाको पाँच(पाँच जनाको टोली खटिएर सडक खुलाउँदै छन्। राजमार्ग अवरुद्ध भएपछि रातिदेखि नै यात्रुको बिचल्ली भएको छ।  यता धनकुटाकै चौबिसे गाउँपालिका( ४ अन्र्तगत निर्माणाधीन तमोर करिडोर पनि दुईतर्फी अवरुद्ध छ। छरुवा खोलामा आएको बाढीका कारण सवारी आवागमन अवरुद्ध भएको छ । पूर्वी नेपालमा शुक्रबार राति मुसलधारे वर्षा भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu