Connect with us
Kapilvast Forest

नारायणहिटी क्षेत्रलाई निषेधित घोषणा गर्नु सरकार डराएको प्रमाण हो : राजेन्द्र लिङ्देन

२०८२, १८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं –

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरूसँग सरकार डराएको दाबी गरेका छन्। शनिबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले एकदिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थानलाई राजसंस्था पक्षधहरूको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको पुष्टि भएको उनको तर्क छ।

‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी गायतका राजसंस्था पक्षधहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो’, उनले भने, ‘हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। हामीलाई यसले उत्साहित तुल्याएको छ।’

काठमाडौँमा जेठ १५ र १६ गते लगातार दुई दिन प्रदर्शन गरेका राजावादीले शनिबार नारायणहिटी क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको थियो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार आदेश जारी गरी त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरूको प्रदर्शन शान्तिवाटिका मोडिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu