Connect with us
Kapilvast Forest

युद्धविरामको प्रस्ताव हमासद्वारा स्वीकार, १० जिवित र १८ मृतक बन्धक रिहा गर्न तयार

२०८२, १९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्दै हमास समूह १० जना जिवित र १८ मृत बन्धक रिहा गर्न तयार भएको छ। तर, उसले प्यालेस्टाइनी कैदीहरुको रिहाइका साथै स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण फिर्तीलाई प्रमुख सर्त बनाएको छ।

साथै मानवीय सहायता निरन्तर आपूर्ति गरिनुपर्ने माग दोहो¥याएको छ। उसले अमेरिकी विशेष दूत स्टीभ विटकोफ मार्फत् पठाइएको प्रस्तावको सट्टामा नयाँ प्रतिप्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ।

अमेरिकाले भने हमासको प्रतिप्रस्तावलाई पूर्ण अस्वीकार्य भनेको छ। इजरायल र अमेरिका दुवै गाजामा स्थायी युद्धविरामका लागि तयार भएका छैनन्। जसका कारण यस क्षेत्रमा बन्धक रिहाईमा सहमति जुटे पनि युद्ध अन्त्यको सम्भावना देखिएको छैन।

युद्ध सुरु भएको अक्टोबर ७, २०२३ यता गाजामा ५४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। पछिल्लो समय इजरायलले गाजामा खाद्यान्नसहित अत्यावश्यकीय मानवीय सहायता रोकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu