चीनको ९ दिने भ्रमण सकेर फर्किन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं –
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फकिएकी छिन्। उनी छेन्दु हुँदै बिहान साढे १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन्। एमाले पूर्व उपाध्यक्ष रहेकी भण्डारी पार्टीको समेत प्रतिनिधित्व गर्दै जेठ १० गते चीन प्रस्थान गरेकी थिइन्। त्यहाँ रहँदा उनले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन्।