Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित

२०८२, २१ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं –

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले  जानकारी दिए ।मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो ।

गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेका छन् ।

आज पनि विपक्षी दलहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका थिए । तर, उनीहरू आ–आफ्नो अडानबाट पछि हटेका छैनन् ।बैठक स्थगित भएपछि बैठकका लागि पुगेका सांसदहरू संसद् भवनबाट बाहिरिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu