Connect with us
Kapilvast Forest

आजदेखि सदनमा पेलेर जाने सत्ता पक्षको तयारी

२०८२, २६ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-

सत्तारुढ दलहरू आज (आइतबार)देखि पेलेरै भए पनि सदन अघि बढाउने पक्षमा देखिएका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा तथा उच्चस्तरीय छानबिन माग गर्दै १३ जेठदेखि (बजेट प्रस्तुत गर्ने दिन जेठ १५ बाहेक) सदनमा अवरोध गर्दै आएका छन्।यसबीचमा बैठक स्थगित गरेर पटक–पटक सहमति खोज्ने प्रयास गरे पनि सत्ता र विपक्षी दलहरू आ–आफ्नै अडानबाट टसमस नहुँदा सदन चल्न सकेको छैन। तर आइतबारदेखि भने विपक्षी दलहरू सहमतिमा नआए पनि सदन अघि बढाउने तयारीमा सत्तापक्ष छन्।

सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफलपछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा नआएपनि संसद चल्ने बताए। विपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे विरोधकाबीच संसद सुचारु हुने बताए। ‘उहाँहरूले असहयोग गरे अलिकति अप्ठ्यारो त होला तर संसद आजदेखि चल्छ। धेरैदिन भयो, कति दिन लम्ब्याउने ?’, उनले भने, ‘आजदेखि कार्यसूचीमा संसद प्रवेश गर्छ। आम जनतामा पनि राम्रो मेसेज दिइराखेको छैन। एकदमै निहुँ खोज्ने, अर्गेल्याइँ गर्ने हिसाबले अपोजिसनका कुरा आएका छन्। सधैँ यही ढंगले अनिर्णयको बन्दी भएर बसिराख्न सकिँदैन।’

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि लामो समयसम्म सदन बन्धक गर्ने पुष्टि विपक्षी दलहरूले दिन नसकेको बताउँदै अब सदन अघि बढ्ने बताए। उनले फेरि सूचना टाँस गरी संसद् स्थगित गर्ने काम अब नहुने प्रष्ट्याए। ‘सूचना टाँस गरी बैठक स्थगित गर्ने उहाँकहरूको कुरा आजसम्म मान्दै आयौं’, उनले भने, ‘आज हिजोको निरन्तरता हुँदैन। हामी स्मुथ्ली आजदेखि बैठक अघि बढाउन चाहन्छौं। बजेटमाथिको छलफल आरम्भ हुन्छ, संघीय निजामती विधेयक टेबल हुन्छ। यसमा अपोजिसनले अवरोध गर्न खोज्नु हुन्न भन्ने लाग्छ। लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu