Connect with us
Kapilvast Forest

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

२०८२, २९ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौँ –

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीको साइबर ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नबीन्द अर्यालले पनि जयवीरले पाठकविरुद्ध उजुरी दिएको बताए ।

जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन्। पत्रकार पाठकले आफ्नो कार्यक्रम ुटफ टकु मार्फत् ु हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे ुहिल्टनमा जयवीर देउवाको पैसा१ु शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएका हुन्। पाठकले सञ्चालन गर्दै आएको कार्यक्रम ुटफ टकु हाल युट्यूबमार्फत् प्रसारण हुँदै आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu