Connect with us
Kapilvast Forest

साझेदारी वनले समुदायको विकासमा ध्यान दिनुपर्छ: – राज्यमन्त्री रूपा

२०८२, २९ जेष्ठ बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- काठमाडौं– नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा  विकले साझेदारी वन व्यवस्थापनले वनबाट टाढा रहेका समुदायलाई विकास गर्नु पर्ने बताउनु भएको छ ।
राज्यमन्त्री विकले साझेदारीले सामाजिक न्याय, समावेशिता र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनु पर्ने बताउनु भयो ।

ललितपुरमा आयोजित तेस्रो राष्ट्रिय साझेदारी वन गोष्ठी–२०८२ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै राज्यमन्त्री विकले साझेदारी वन कार्यक्रमले परम्परागत सामुदायिक वन व्यवस्थापनलाई नयाँ आयाम दिएको बताउनु भयो ।
उहाले भन्नू भयो “यसले वन क्षेत्र नजिक मात्र होइन, टाढा रहेका समुदायलाई पनि समेट्दै व्यापक सहभागितामूलक र न्यायोचित वन व्यवस्थापनको बाटो खोलिदिएको छ ।

उहाले साझेदारी वन कार्यक्रम विशेषतः तराई–मधेशका बासिन्दा, सिमान्तकृत समूह, महिला तथा बसाइँसराइ गरेर आएका समुदायका लागि जीवनस्तर सुधार र आयआर्जनको महत्वपूर्ण साधन बनेको स्पष्ट पार्नुभयो ।

तराईका १२ जिल्लामा सञ्चालित १३ वटा डिभिजन वन कार्यालय अन्तर्गतका साझेदारी वन कार्यक्रमहरूले पर्यावरणीय संरक्षणसँगै सामाजिक समावेशितालाई प्रवर्द्धन गरिरहेका छ ।

गोष्ठीमा WWF, RECOFTC, ACOFUN लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu