Connect with us
Kapilvast Forest

लुम्बिनीको बजेट तयारीमा मन्त्री नै असन्तुष्ट

२०८२, ३० जेष्ठ बिहीबारमा प्रकाशित

दाङ-

लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने तयारी विधि विपरीत गरिरहेको भन्दै मन्त्रिपरिषदकै कतिपय सदस्य असन्तुष्ट देखिएका छन् । योजना छनोट र रकम विनियोजनको काम सीमित नेतामार्फत् भइरहेको भन्दै मन्त्रीहरू असन्तुष्ट भएका हुन् ।‘मुख्यमन्त्री, अर्थमन्त्री र सीमित पार्टीका दलका नेता मिलेर आफूखुसी योजना छान्ने र ती योजनामा बजेट घुसाउने काम भइरहेको छ,’ एक मन्त्रीले  भने ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८२र८३ को बजेट ल्याउँदै छ । यस वर्षको बजेटमा ३२ अर्बको सिलिङ तोकिएको छ ।त्यसका लागि अहिले मन्क्रालयबाट तोकिएको सिलिङमा रहेर योजना, कार्यत्रम र बजेट इन्ट्री गर्ने काम भइरहेको छ । तर यही काम स्वतन्त्रपूर्वक गर्न नपाएको मन्त्रीहरूको गुनासो छ ।एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘हामीसँग चाहिँ बजेट धेरै छैन भन्दै सिलिङ कम तोकेर रकम लुकाउने अनि सीमित नेताहरूको मिलेमतोमा चोरबाटो प्रयोग गरेर योजना थप्ने अर्थ मन्त्रालयबाट बाँड्ने प्रपन्च भइरहेको आशंका हामीलाई छ ।’

सरकारलाई आर्थिक भार छ स् प्रवक्ता पन्थी

यस सम्बन्धमा बुझ्न खोज्दा लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले फोन रिसिभ गरेनन् । तर लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले भने मन्त्रीहरु असन्तुष्ट नभएको जिकिर गरे

सरकारले यसपटक कार्यान्वयन नहुने महत्वाकांक्षी र घाटाको बजेट नल्याउने बताउँदै उनले भने, ‘विगतको भन्दा सानो आकारको बजेट आउने भएकाले स्वाभाविकरूपमा मन्त्रालयहरूलाई कम सिलिङ हुन गएको छ तर मन्त्रीहरू असन्तुष्ट हुनुहुन्न ।’प्रवक्ता पन्थीले अगाडि भने, ‘उहाँहरूले सरकारको स्थिति र वाध्यता बुझ्नुभएकै छ । लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश राजधानीका प्रशासनिक भवनको भुक्तानी पूरा नहुँदासम्म अझै एक–दुई वर्ष मन्त्रालयहरूले धेरै ठूलो अपेक्षा गर्न मिल्दैन ।’राजस्व स्रोतको धरातलमा टेकेर यसपटक यथार्थपरक बजेट ल्याउन लागेकाले मन्त्रालयहरूलाई विगत भन्दा बजेट कम सिलिङ तोकिएकाले कतिपयको गुनासो हुनसक्ने बताए ।

प्रदेश राजधानीमा मन्त्रालयका प्रशासनिक भवन र बुटवलमा १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पताल बनिरहेकाले बजेटको ठूलो हिस्सा त्यहाँ खर्च गर्नुपर्दा सरकारलाई आर्थिक भार थपिएकाले मन्त्रालयहरूलाई बजेटको सिलिङ विगतभन्दा कम भएको उनले बताए ।

‘बोकाको थाप्लोमा राँगाको सिङ्ग झुन्डाइदिए जस्तै भएको छ’

कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थी भने संघीय सरकारले पहिले धेरै साना कार्यक्रम ल्याउँदा आलोचना भएकाले त्यसलाई सच्याउने नाममा झन् ठूलो गल्ती भएको बताउँछन् ।‘अहिलेको बजेटमा ३ करोडभन्दा कम रकमका कार्यक्रम नराख्ने भनेर आम कार्यक्रममा लागु गर्दा अर्को झन् ठूलो गल्ती भएको देखिन्छ,’ सांसद पन्थी भन्छन्, ‘१० लाखको माग र आवश्यकता भएको ठाउँमा रू। ३र२र१ करोड विनियोजन भएपछि बोकाको थाप्लोमा राँगाको सिङ्ग झुन्डाइदिए जस्तै भएको छ । ‘हाम्रो ढुकुटीको यसरी खर्च गर्ने औकात छैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu