Connect with us
Kapilvast Forest

राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो

२०८२, २ असार सोमबारमा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा मन्त्री दीपक खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिनुभयो। पौडेलले तनहुँ हाइड्रो परियोजनाको प्रगति विवरणबारे जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभयो।

राष्ट्रपतिले तल्लो सेती परियोजनाको कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन दिनुभयो र जलविद्युत विकासमा चासो देखाउनुभयो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।

सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् । पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिएका छन् । राष्ट्रपति पौडेलले जलविद्युत परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राख्नुभएको स्वकीय सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu