Connect with us
Kapilvast Forest

दुम्कीवास दाउन्ने सडक अवरुद्ध, यी हुन वैकल्पिक रुटहरु

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं –

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास(दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो ।डाभइर्सनमा क्षति भएका कारण उक्त सडकखण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने र चिप्लिने गरेको प्रहरीले जनाएको छ ।

सडक बिग्रिएकोले जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।यातायातका साधन सञ्चालनका लागि विभिन्न ४ वटा वैकल्पिक मार्ग तय गरिएको छ । त्यस क्षेत्र हुँदै आवागमन गर्दा यी रुट प्रयोग गर्न सकिन्छ

पहिलो रुट –पूर्वबाट पश्चिम जाने सवारी साधनले नारायणगढ(मुग्लिन(पोखरा(स्याङ्जा(बुटवल हुँदै जाने

दोस्रो रुट – काठमाडौंबाट पश्चिम जाने सवारी साधनले मुग्लिन(पोखरा(स्याङ्जा(बुटवल हुँदै गन्तव्यमा जाने

तेस्रो रुट( पश्चिमबाट पूर्व जाने सवारी साधनले बुटवल(स्याङ्जा(पोखरा(मुग्लिन हुँदै जाने

चौथो रुट( साना सवारी साधन भने अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट(पिपलडाँडा सडकबाट सञ्चालन गर्न सकिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu