Connect with us
Kapilvast Forest

ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाँडौ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेका छन्। बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार आक्रमणको योजना स्वीकृत गरे पनि प्रत्यक्ष सहभागी हुने कि इजरायललाई सहयोग गर्ने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोत र रक्षा मन्त्रालयका अधिकारीले यसबारे जानकार दिएको उल्लेख गरेको छ। स्रोतका अनुसार ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने सन्दर्भमा सम्भावित कूटनीतिक वार्ताको अवसरका लागि हमलाको निर्णय तत्काल नगरेका हुन्। यसबारे दि वाल स्ट्रिट जर्नलले यसअघि नै समाचार प्रकाशित गरे पनि ह्वाइट हाउसले कुनै प्रतिक्रिया नजनाएको सीबीएस न्यूजले उल्लेख गरेको छ।

ट्रम्पले हिजो पत्रकारहरुसँगको कुराकानीमा युद्धमा अवस्था परिवर्तन भइरहने भन्दै आफूले अन्तिम क्षणमै अन्तिम निर्णय लिने गरेको बताएका थिए। इरानले भने दबाबमा वार्ता नगर्ने स्पष्ट गर्दै अमेरिकी आक्रमणको प्रतिउत्तर दिने चेतावनी दिइसकेको छ। अमेरिकी गुप्तचर अधिकारीका अनुसार इरानले अमेरिकी सैन्य अड्डामा आक्रमणको तयारी गरिसकेको छ।

इजरायलले गत हप्ताको शुक्रबारदेखि इरानी सैन्य र आणविक संरचनामाथि आक्रमण गरिरहेको छ। यो आक्रमणमा अमेरिका हालसम्म संलग्न भएको छैन। यद्यपि ट्रम्पले यसअघि इरानलाई विनाशर्त आत्मसर्मपण गर्न चेतावनी दिइसकेका छन्। ‘हामीलाई इरानी सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको ठेगाना थाहा छ, तर अहिले नै हत्या गर्ने योजना छैन’, ट्रम्पले सामाजिक सञ्जाल सोसल ट्रुथमा भनेका छन्। ट्रम्पको यो भनाइपछि इरानी नेता खामेनीले कडा शब्दमा प्रतिवाद गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu