रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस मनाएको छ ।पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ ।यसअघि वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर संकलन गरेर मनाएको हो ।
सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिसोधका विरुद्ध लाखौ हस्ताक्षर संकलन गरिने उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए ।उनले रास्वपाको चमत्कारिक उदयसँग डराएर सरकार अत्तालिएको बताए । रास्वपाको गति रोक्न सकिन्छ कि भनेर सरकारले सभापतिलाई कानुनी झमेलामा पारेको बताए ।