Connect with us
Kapilvast Forest

शिवगढी खानेपानीको अध्यक्षमा पुन निर्वाचित

२०८२, ७ असार शनिबारमा प्रकाशित

कपिलवस्तु, –

कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित बिजगौरी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट प्यानलले कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन प्यानललाई पराजित गर्दै विजय हासिल गरेको छ।

७१७ मतदाता रहेको समितिमा कुल ५६२ मत खसेको थियो। तीमध्ये अधिकांश मत माओवादी केन्द्र पक्षमा परेको हो।

अध्यक्ष पदमा माओवादी केन्द्र समर्थित जय नारायण पुनले ३१५ मत प्राप्त गर्दै नजिकका प्रतिस्पर्धी गठबन्धनका नन्दलाल पुरीलाई ८२ मतको स्पष्ट अन्तरले पराजित गरे। पुरीले २३३ मत ल्याए।
उपाध्यक्षमा खिम बहादुर कामीले ३०९ मत ल्याएर गठबन्धनका भोज बहादुर बिकलाई पछि पार्दा, सचिवमा विक्रम रोकाले ३१० मत ल्याएर चन्द्रकला सुनारलाई ७४ मतको फरकले पराजित गरे।
त्यस्तै, सह–सचिवमा सकल्प गुरुङले ३०५ मत ल्याएर ईश्वर गिरी (२३६ मत) लाई पछार्दा कोषाध्यक्षमा सृष्टि पुनले ३११ मतसहित विजय हात पारिन्। उनका प्रतिद्वन्द्वी पूर्ण सुनारले २३५ मत प्राप्त गरे।
निर्वाचन परिणामले स्थानीयस्तरमा माओवादी केन्द्रप्रति जनसमर्थन अझै बलियो रहेको पुष्टि गरेको छ। कांग्रेस, एमाले र विप्लव निकट शक्तिहरूको संयुक्त प्रयास समेत माओवादी प्यानललाई पराजित गर्न असफल भएको देखिएको छ।

यो निर्वाचनले आगामि २०८४ को स्थानिय तहको निर्वाचनको सकेत देखिएको छ । यो परिणामले शिवगढीमा माओवादीको बलियो पकड प्रमाणित गरेको छ ।

स्थानीय बासिन्दाहरूले माओवादी केन्द्रको संगठित र सशक्त अभियान, स्पष्ट नेतृत्व क्षमता र सेवामुखी दृष्टिकोणका कारण मतदाताको समर्थन पाएको बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu