Connect with us
Kapilvast Forest

सुर्खेतबाट हिँडेर काठमाडौं आएका नवराजले प्रचण्डलाई भेटे

२०८२, ९ असार सोमबारमा प्रकाशित

काठमाडौं-

सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका नवराज भेँडा (बोहोरा) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।केही दिनको प्रतीक्षापछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका बोहोराले आज पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।बोहोरा वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर काठमाडौं आएका हुन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरू त्यसको प्रमाण भएको बताए । उनले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu