Connect with us
Kapilvast Forest

तटबन्धले जोगायो घर खेत

२०८२, १२ असार बिहीबारमा प्रकाशित

दाङ-

दाङ तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ कि भन्ने पिरलो थियो। ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो।यही पीर सोही ठाउँका रूपसिंह चौधरीलाई पनि थियो। गाउँमा बाढी पस्ने चिन्ता मात्रै होइन रोपेको धान समेत बर्सेनि बगाउँदा उनी निकै चिन्तित थिइन्। ‘गाउँमा बाढी पस्ने डर उत्तिकै थियो,’ उनले भनिन्, ‘बर्सेनि आउने बाढीले हामीले रोपेको खेतको धान बगाएर लिन्थ्यो।’

यस्तै समस्याले गर्दा सोही वडाको हरीपौरी मात्रै होइन, जसपुर, गर्गरे, बेलान्नेलगायतका बासिन्दालाई बर्सेनि पिरोल्थ्यो। तर, अब त्यो समस्या रहेन। ग्वारखोलामा यस वर्ष तटबन्ध निर्माण भइसकेको छ। त्यो तटबन्धले गाउँ पनि सुरक्षित त हुने नै भयो जग्गा पनि सुरक्षित गरेको छ। तटबन्ध निर्माण भएपछि त्यहाँका १०० घर सुरक्षित भएका छन्। विगतमा यो रोगजस्तै भए पनि तटबन्ध निर्माण भएपछि अब सहज भएको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए। त्यहाँको ६०० मिटर तटबन्ध निर्माण भएको हो।

गएको वर्ष वडा नं १२ मै ३०० मिटर तटबन्ध भएको हो। सिँचाइ डिभिजन कार्यालय दाङको लागतमा तटबन्ध निर्माण भएको हो। सोही वडामा अझै ७०० मिटर तटबन्ध भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu