Connect with us
Kapilvast Forest

कपिलवस्तुमा दलित सांस्कृतिक संरक्षणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२, १३ असार शुक्रबारमा प्रकाशित

कपिलवस्तु-पुनहरी घिमिरे
कपिलवस्तुको विजयनगर गाउँपालिकामा दलित समुदायको सांस्कृतिक संरक्षणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
दलितको पहिचान, परम्परा र धरोहरको संरक्षण तथा प्रवर्द्धनकालागी  अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कार्यक्रम का अध्यक्ष चिन्ता परियार ले बताउनुभयो ।

प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दलित सांस्कृतिक संरक्षणका लागि आगामी योजनाहरुमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा प्रशिक्षक  संजय कुमार पासीले दलित समुदायको मौलिक संस्कृति क्रमशः हराउँदै गएको भन्दै त्यसलाई अभिलेखीकरण, प्रचार–प्रसार र संरक्षण गर्न सबै तहका निकाय एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो । उनीहरुले विशेष गरी दलितहरुको लोककला, गीत–संगीत, भेषभूषा र संस्कारलाई पुस्तान्तरण गर्न विद्यालयदेखि स्थानीय तहसम्म सचेतना अभिवृद्धि अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा प्रशिक्षक बिनोद परियार ले सहभागीहरुले समुदायमै संरक्षण कोष स्थापना गर्न, सांस्कृतिक कार्यक्रम नियमित आयोजना गर्न र बालबालिकालाई आ–आफ्नो संस्कृति सिकाउने पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

विजयनगर गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा स्थानीय ,विभिन्न दलित संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, विद्यार्थी र युवाहरुको सहभागिता रहेको थियो। कार्यक्रमको समापनमा आयोजक संस्थाले सबै सहभागीलाई धन्यवाद दिँदै दलित सांस्कृतिक संरक्षणलाई सामाजिक अभियानका रुपमा अघि बढाउने घोषणा गरेको छ।

विजयनगर गाउपालिकाको आर्थिक सहयोग तथा क्रियासन दर्शन मिडिया प्रालिको आयोजनामा संचालित कार्यक्रमको संचालन रामप्रकट कोरिले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu