Connect with us
Kapilvast Forest

एसइई परीक्षाको नतिजा सुधार्न आफूले गरेको मेहनत काम लाग्यो : प्रधानमन्त्री ओली

२०८२, १४ असार शनिबारमा प्रकाशित

काठमाडौँ 

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गगरेका छन्।सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरूले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताए। प्रधानमन्त्री ओलीले एसइई परीक्षाको नतिजा सुधार गर्न आफूले गरेको मेहिनतले काम लागेको बताए।

यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए। भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड भएका थिए।’बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरूले यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन आउने छ। सबै भाइबहिनीहरूलाई बधाई’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले विद्यार्थी नानीबाबुको मेहिनत सफल भएको र अब भविष्य निर्माणको अर्को यात्रा सुरू गर्न आग्रह गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu