Connect with us
Kapilvast Forest

कैलालीमा २ वटा भरूवा बन्दुक बरामद

२०८२, १४ असार शनिबारमा प्रकाशित

धनगढी

कैलालीमा प्रहरीले दुईवटा भरूवा बन्दुक बरामद गरेको छ ।गौरीगंगा नगरपालिका–७ महुलियामा रहेको निराजन सामुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले बताए ।

उनका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले शुक्रबार राति साढे ११ बजेतिर बन्दुक बरामद गरेको हो ।तीमध्ये एउटा बारूद लोड गरिएको अवस्थामा रहेको थियो भने अर्को नाल भाँचिएर दुई टुक्रा भएको अवस्थामा फेला परेको छ ।बरामद बन्दुक आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मसुरियामा सुरक्षित राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu