Connect with us
Kapilvast Forest

मकवानपुरमा खुर्पा प्रहारबाट स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगीको मृत्युस,स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

२०८२, १४ असार शनिबारमा प्रकाशित

हेटौंडा –

मवकानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।आज बिहान ५ बजेको समयमा बागमती गाउँपालिका(९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।डीएसपी अर्यालका अनुसार गम्भीर घाइते वाइबाको आज बिहान करिब ८ बजे उपचारका क्रममा बेतिनी स्वास्थ्य चौकीमै मृत घोषणा गरिएको थियो । उनको शव हेटौंडा अस्पताल पठाइएको छ ।

थापाले वाइबामाथि खुर्पा प्रहार गरेपछि कोही नजिक आए मार्ने धम्की दिएर गाउँमा आतंक फैलाएका थिए ।घटनास्लथलमा खटिएका इलाका प्रहरी कार्यालयका फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक पावलसिंह लामाको टोलीले आरोपित थापालाई नियन्त्रणमा लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu