Connect with us
Kapilvast Forest

रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै कञ्चनपुरमा हस्ताक्षर अभियान,राउटेले पनि गरे हस्ताक्षर

२०८२, १४ असार शनिबारमा प्रकाशित

काठमाडौँ-

सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरमा हस्ताक्षर अभियान शुरु गरेको छ । रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान शुरु गरेको हो ।

रास्वपाका युवा नेता ज्ञानेन्द्र सिह महताले शनिबारदेखि हस्ताक्षर अभियान शुरुवात गरिएको बताए । नेता महताका अनुसार जिल्लाका  विभिन्न स्थानबाट हस्ताक्षर अभियान शुरु गरिएको छ । पश्चिम गड्डाचौकीदेखि पुर्वी जिल्ला प्रवेसद्वार कृष्णपुरसम्मै हस्ताक्षर अभियान एकसाथ शुरुवात गरिएको बताए ।

जिल्ला पार्टी कार्यालय ऐठपुर महेन्द्रनगरदेखि औपचारिक रुपमा शुरु गरिएको हस्ताक्षर अभियान गड्डाचौकी, बसपार्क, मदन चोकमा गरिएको छ । रविमाथी अन्याय  गरिएको भन्दै राउटे समुदायबाट समेत हस्ताक्षर गरिएको छ । अभियानमा तीन जना राउटेले पनि हस्ताक्षर  गरेका हुन । प्रकास शाही, प्रेम शाही र खगेन्द्र शाहीले रविमाथि अन्याय गरेको र न्यायका लागि भन्दै हस्ताक्षर गरेको बताएका छन् ।  साथै शुक्लाफाँटा नगरको झलारी, कृष्णपुर नगरको गुलरियामा यस अघिदेखि नै अभियान संचालन गरिएको थियो । संयोग गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र ३ बाट रास्वपा जिल्ला समिति र भीमदत्त नगर समितिले एक साथ हस्ताक्षर संकलन गरेको छ ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले जिल्लाले शुरु गरेको अभियान सबै  पालिकाहरुमा संकलन गरेर लाखौँ जनताको हस्ताक्षर संकलन गरिने बताए ।  रास्वपाले अहिलेको सरकारले पाटी सभापतिमाथि गरेको अन्याय जनताले बुझिसकेकाले जनलहर आफुहरुतिरै बढेको दावि गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu