Connect with us
Kapilvast Forest

राष्ट्रिय धान दिवस मनाइयो- फोटो फिचर

२०८२, १५ असार आईतवारमा प्रकाशित

कपिलवस्तुमा राष्ट्रिय धान दिवस मनाइएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र ) , वाइ सि एल र शिवराज नगर समिति कपिलवस्तुको ब्यवस्थापनमा असार १५ को धान दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

ऐतिहासिक स्थल तिलौराकोटमा करिब सत्ताईस सय वर्षअघि राजा शुद्धोधनले आयोजना गरेको धान महोत्सवको पेन्टिङ हाल बर्माको एक संग्रहालयमा रहेको पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले बताउनुभएको छ । ।

असार १५ गते धान दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरिमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै खनालले प्राचीन चित्र लगभग तेह्र सय वर्षअघि बनाइएको भए पनि चित्रमा चित्रित धान महोत्सव राजा शुद्धोधनको पालामा सम्पन्न भएको बताउनुभएको हो । महोत्सवमा हात्ती, घोडा, बाजागाजा र जनसमुदायको लामलस्कर सहितको सहभागिताको पेन्टिङ रहेको देखाइएको उहाको भनाई छ ।

कार्यक्रममा मन्त्री खनालले कालानमक धानको इतिहाससमेत चर्चा गर्दै यसको उत्पादन सुरुमा नेपालमै, त्यो पनि कपिलवस्तुबाट भएको बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि खनालले कृषि क्रान्तिलाई देश निर्माणको आधारस्तम्भ बताउँदै किसानहरूलाई अग्रपङ्तिमा रहन प्रेरित गर्नुभएको थियो। साथै, दिवसको अवसरमा स्थानीय किसान, कार्यकर्ता र नेताहरूले संयुक्त रूपमा धान रोपेर उत्पादन बढाउने सन्देश दिएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj