मुगुमा भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
काठमाडौं –
मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।
मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको थियो ।