कांग्रेस बैठकमा रामहरिले भने : पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु
काठमाडौं-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् ।संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेका थिए ।विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन् । संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’
बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न उनले आग्रह गरे । समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न तयार रहेको उनले बताए ।खतिवडाले पार्टीमा सभापति, उपभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता व्यक्त गरे ।‘यो पद्धति कहाँसम्म जाने रु हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने रु,’ पार्टी बैठकमा नेताहरूलाई उनले प्रश्न गरे ।
पार्टी सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदै जाँदा को बलियो हुने भन्दै उनले प्रश्न गरे ।‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस,’ खतिवडाले भने, ‘पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ रु’