काठमाडौंको नेपालटारमा चोरी
काठमाडौं-
तारकेश्वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ ।नेपालटारस्थित टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठामा चोरी भएको हो ।
उनको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।चोरीमा संलग्न व्यक्तिहरू भने पक्राउ पर्न सकेका छैनन् ।